-->
हतारमा प्रदेश सभा दाङ नसार्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको निर्देशन

हतारमा प्रदेश सभा दाङ नसार्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको निर्देशन


 १५ भदौ, बुटवल । स्थायी संरचना नबन्दै लुम्बिनीको प्रदेशसभा र मन्त्रालयका कार्यालय स्थायी राजधानी दाङमा सार्न हतार गरेको भन्दै सत्ता गठबन्धनभित्र असन्तुुष्टि बढेको छ ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेताहरुले संरचना नबन्दै मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीले एकलौटी रुपमा कार्यालय सार्न हतारो गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रदेश सभा बैठक दाङमा राख्नका लागि बुटवलस्थित प्रदेश सभाका सामानहरु ओसार्न थालेपछि यसप्रति गृहमन्त्री बालकृष्ण खाण समेत रुष्ट भएका छन् । उनले मुख्यमन्त्री केसीलाई फोन गरेर प्रदेश सभा नसार्न र सामान नओसार्न निर्देशन दिएका छन् ।

गठबन्धनभित्र असन्तुष्टि भएकाले गत भदौ १० गते प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजना कार्यालय उद्घाटनमा दाङकै शहरी विकास मन्त्री डिल्ली चौधरी समेत अनुपस्थित भएका थिए । चुनावको मुखमा मुुुख्यमन्त्रीले विज्ञहरु नियुक्तिका नाममा माओवादी निकटलाई नियुक्ति दिन एकलौटी रुपमा निर्णयहरु गरेकोमा कांग्रेससँगै गठबन्धनका अन्य दलहरु पनि असन्तुष्ट छन् ।



0 Response to "हतारमा प्रदेश सभा दाङ नसार्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको निर्देशन"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

Advertise under the article