-->
काठमाडौँ फनपार्कलाई बालेन शाहले दिए २४ घण्टे अल्टिमेटम

काठमाडौँ फनपार्कलाई बालेन शाहले दिए २४ घण्टे अल्टिमेटम

 

राजधानीको भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई महानगरपालिकाले राजेश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा.शिवराज अधिकारीले २४ घण्टे पत्र काटेका हुन् । 

फनपार्कले महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरल कर लामो समयदेखि बुझाएको छैन । यसका लागि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले २४ घण्टाभित्र बुझाउन पत्रमार्फत निर्देशन दिइएको छ ।  तोकिएको समयभित्र राजश्व नबुझाएमा फनपार्क शिलबन्दी  गर्ने चेतावनी दिइएको छ।


0 Response to "काठमाडौँ फनपार्कलाई बालेन शाहले दिए २४ घण्टे अल्टिमेटम"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

Advertise under the article