Home › Uncategories › अभिनेता विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’ ले बक्सअफिसमा निर्मातालाई नै नराम्रो पछार्यो ।
Subscribe to:
Post Comments (Atom)
-->
अहिले यिनै विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । यो फिल्म सय करोड बढी बजेटमा बनेको थियो । तर फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन । यही कारण विजयले निर्मातालाई ६ करोड बढी पैसा फिर्ता दिने निर्णय लिएका छन् ।
विजयले चार्मी कौर र अर्का सहनिर्मातालाई सहयोग गर्ने घोषणा गरेका हुन् । विजय आगामी प्रोजेक्ट ‘जन गण मन’ निर्देशक पुरी जगन्नाठका साथ गर्दैछन् ।
‘लाइगर’ बक्सअफिसमा असफल भएपछि यसको असर उनको आगामी फिल्मलाई पनि पर्ने देखिन्छ ।
निर्माताले ‘लाइगर’ असफल भएको देखेपछि ‘जन गण मन’ को बजेट पनि केही कम गरेका छन् ।
विजय र जगन्नाठले फिल्मको पारिश्रमिक नलिने निर्णय लिएका छन् । तर फिल्म सफल भएमा त्यसको नाफाको केही हिस्सा विजयको पनि हुनेछ ।
Abhisek bohara ROG